११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

कुकुरले पनि गर्‍यो डिप्लाेमा पास, युनिभर्सिटीले दियो प्रमाणपत्र !


४ फागुन, न्यूयोर्क । न्यूयोर्कको क्लार्कसन युनिभर्सिटीमा पढ्ने शारीरिक रुपमा अशक्त २५ वर्षीया युवतीकाे ब्रिटनी होलेको ग्रिफेन नाम गरेको कुकुरले यो सावित गरेर देखाएको छ । प्रतिभाशाली कुकुर ग्रिफेनलाई विश्वविद्ययालयको डिप्लोमाद्वारा पुरस्कृत गरिएको छ ।

केही समय पहिले युवती ब्रिटनी होलेले क्लार्कसन युनिवर्सिटीबाट अक्युपेशनल थेरापीमा मास्टर डिग्री गरेसँगै उनको ४ वर्षको ‘सर्भिस डग’ ग्रिफिनललाई पनि डिप्लोमाको उपाधि दिइएको छ ।  अाफुले पहिलो दिनबाटै ग्रिफेनीलाई ग्र्याजुयट हुनको लागि प्रोत्साहित गर्दै आएकाे ह्वीलचेयरमा आफ्नो जीवन बिताइरहेकी ब्रिटनीले बताइन ।

ब्रिटनी पहिलो पटक ‘सर्भिस डग’ का लागि ‘पोज ४ प्रिजन’ मा पुगेकी थिइन् । जब उनी त्यहाँ गइन्, उनको ह्वीलचेयरका कारण सबै कुकुर तर्सिएर उनीबाट टाढा बसे तर ग्रिफेन नाम गरेको त्यो कुकुर भने दाैडिँदै उनी भएतिर आयो र उनको मुख चाट्न थाल्यो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार ११:४७