७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

जनताको लगानीमा विद्युत् उत्पादन गरिने १९ आयोजना यी हुन् 


३ फागुन, काठमाडौँ । ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ भन्ने नारासहित सरकारले ‘जनताको जलविद्युत्’ कार्यक्रम घोषणा गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले तयार पारेको कार्यक्रम बिहीवार राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

प्रतिकात्मक तस्विर

यसअन्तर्गत सर्वसाधारण जनता र सरकारी निकायहरूको संयुक्त लगानीमा १९ वटा जलविद्युत् आयोजना निर्माण गर्ने तयारी छ । ती आयोजनाबाट कुल ३ हजार ४ सय ७९ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाहरू प्रदेश २ बाहेक सबै प्रदेशबाट समेटिएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार १२:३३