१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मोबाइल खेलिरहेका ८ वर्षका बालककाे मोबाइल पड्किँदा छुट्टिए औंलाहरु


३ फागुन, महाराष्ट्र । भारतको महाराष्ट्रमा ८ वर्षका बालकको हातमा नै मोबाइल पड्किएको घटना सार्वजनिक भएको छ ।  उक्त घटनापछि बच्चाको औंला हातबाट छुट्टिएका छन् । बच्चाका पिता श्रीपत जाघवले टिभीमा विज्ञापन देखेपछि IKall K72 फिचर फोन मगाएका थिए ।

उनले १५ सय भारुमा यस्ता तीन फोनसँगै घडी पनि पाएका थिए । यो फोनको एमेजनमा मूल्य तीन सय ९ भारु तोकिएको छ । ८ वर्षका प्रशान्त IKall K72 फोनमा गेम खेलिरहदा अचानक फोन पड्कियो र प्रशान्तको हातका औंलाहरु भुँइमा झरे । एजेन्सी

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार ०९:५०