१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको उपाधिका लागि नेपाल म्यानमारसँग प्रतिस्पर्धा गर्दै


३ फागुन, काठमाडौँ । भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको फाइनलमा पुगेको नेपाली टाेलीले उपाधिका लागि अाज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा म्यानमारसँग नेपालले ३-० को हार व्यहोरेको थियो ।तर अाज नेपाल उक्त हारको बदाला लिने मुडमा रहेको छ ।

फाइनलमा समूह चरणको हारको बदला लिँदै नेपाल उपाधि उचाल्ने दाउमा रहेको छ । लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई २–० ले हराएसँगै प्रतियोगिताको फाइनलमा म्यानमार र नेपाल पुगेका हुन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार ०९:३६