१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

सुरक्षाकर्मीले भरिएको बसमा बम हमलाहुँदा २० को मृत्यु


२ फागुन,ईरान । ईरानको दक्षिण–पूर्वी भागमा सुरक्षाकर्मीले भरिएको बसमा बम हमलाहुँदा २० रिभोलुश्नरी गार्डको मृत्यु भएकाे छ । इरना समाचार एजेन्सीले स्रोतको हवाला दिँदै उक्त घटनामा अन्य २० सुरक्षाकर्मी घाइते भएको इरानको सरकारी मिडियाले जानकारी दिएको छ ।

सुन्नी मुस्लिम चरमपन्त्री समूह जैश अल–अद्लले यो हमलाको जिम्मेवारी लिएको छ । जैश अल–अद्ल समूहले सन् २०१२ मा उनीहरु इरानको सुन्नि मुश्लिमको अधिकारका लागि लड्ने भन्दै हतियार उठाएका थिए । संगठनले देशको शिया तन्त्र सुन्निहरुलाई भेदभाव गर्ने आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार ०९:५८