८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको फाइनलमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्ने


२ फागुन, काठमाडौँ । नेपाली टाेली भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । फाइनलमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणमा म्यानमारसँग नेपालले ३-० को हार व्यहोरेको थियो ।

फाइनलमा समूह चरणको हारको बदला लिँदै नेपाल उपाधि उचाल्ने दाउमा रहेको छ । लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई २–० ले हराएसँगै प्रतियोगिताको फाइनलमा म्यानमार र नेपाल पुगेका हुन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार ०७:४२