१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नुवाकोटका सिडिओले महिला पत्रकारलाई दूर्व्यवहार गरे, व्यवहार सुधार्न पत्रकार महासंघको चेतावनी


२९ माघ, नुवाकोट । नुवाकोटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उद्धवबहादुर थापाले समाचार संकलनमा गएकी एक महिला पत्रकारलाई दूर्व्यवहार गरेका छन । मंगलबार उनले समाचार संकलनमा गएकी नेपाल पत्रकार महासंघकी उपाध्यक्ष समेत रहेकी पत्रकार रूपा अर्यालमाथि दूर्व्यवहार गरेका हुन । अर्याल मिक्स एफ. एम. नुवाकोटका स्टेसन म्यानेजर पनि हुन । त्रिशुली थ्रि ए जलविद्युत आयोजनाको प्रशारण लाईन विस्तारको क्रममा प्रभावित भएका लिखु गाँउपालिकाका नागरिकहरुको समाचार संकलनका क्रममा सिडअो थापाले दूर्व्यवहार गरेको र प्रहरी लगाएर बाहिर निकालेको अर्यालले बताएकी छिन ।

अर्याल माथि भएको दूर्व्यवहारको विषयलाई लिएर नेपाल पत्रकार महासंघ नुवाकोटले चेतावनीयुक्त विज्ञप्ति प्रकाशित गरेको छ । महासंघका सचिव जगदिश खनाललले विज्ञप्ति मार्फत सिडिओ थापालाइ अाफ्नो व्यवहारमा सुधार ल्याउन चेतावनी समेत दिएका छन । ‘सुरक्षाको दायित्व बहन गर्नुपर्ने जिम्मेवार कर्मचारीबाटै सिर्जना भएको यस्तो निन्दनिय र उदेक लाग्दो घटनाको छानबिन गरी प्रेश स्वतन्त्रता बिरोधी प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापालाई यस घटनाको सन्दर्भमा सार्वजनिक रुपमा आलोचना गरी सुध्रिन आग्रह गरिन्छ ।’ महासंघको विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार २२:०६