११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

मोटरसाइकल  दुर्घटना हुँदा पारस थपलियाको मृत्यु


२९ माघ, काठमाडाैं  । काठमाडौँ महानगरपालिका–७ गौरीघाटको मैंजुबहालस्थित सडकमा मंगलवार बिहान मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–७ गौरीघाट मैंजुबहालका २४ वर्षीय पारस थपलिया रहेका छन ।

बा ६८ प १०७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटनामा भई गम्भीर घाइते भएका थपलियाको दीर्घायु अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार १९:२२