१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेविसंघकाे तदर्थ समिति गठन नगर्न काँग्रेस सभापति देउवालाई विद्यार्थी नेताकाे चेतावनी


२९ माघ, काठमाडाैँ । नेविसंघको एक समूहले काँग्रेस पार्टी सभापति शेरबहादुर देउवा लाई चेतावनी दिएकाे छ । नेविसंघले ३२ वर्ष भन्दा माथिका नेताको नेतृत्वमा तदर्थ समिति गठन नगर्न देउवालाई दवाव दिएकाे हाे । मंगलबार देउवा सहितका पार्टी पदाधिकारीहरुलाई केन्द्रीय समिति बैठकमा जाँदै गर्दा पार्टी कार्यालय परिसरमा नेविसंघले  सभापति देउवालाई ध्यानाकर्षण गराएका हुन् ।

 पार्टीले विधान उल्लंघन गरी ३२ वर्षमाथिका उमेर समूहहरु मध्येबाट नयाँ तदर्थ समिति गठन गरे समानान्तर समिति गठन गर्ने स्पष्ट चेतावनी नेतृत्वलाई दिएको नेविसंघका नेता निरन्जन थापाले जानकारी दिए । थापासहित नेविसघंका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, उमेश थापामगर, नवराज त्रिपाठी, पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा लगायत विद्यार्थी नेताहरु माउ पार्टीका नेताहरुलाई ध्यानाकर्षण गराउन पार्टी कार्यालय पुगेका थिए ।

समयमा महाधिवेशन गराउन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले सोमबार पदबाट राजीनामा दिएका थिए । महरको राजीनामासँगै नेविसंघको वर्तमान कार्यसमिति स्वत विघटन भएको थियो ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार १७:४८