१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मेलम्ची खानेपानीका ठेकदार ट्यांकीभित्र मृत भेटिए


२९ माघ, ललितपुर । मेलम्ची खानेपानी ट्यांकीका ठेकदार मृत भेटिएका छन् । भारतको बेतिया मतुवाच घर भइ हाल ललितपुर बस्दै आएका ४९ वर्षीय ईश्वर महतो मृत भेटिएका हुन् । महतो पानी नभएको नयाँ रिजर्ब ट्यांकीभित्र मृत भेटिएका हुन् ।

घटनास्थलको मुचुल्काको काम थाले पनि मृतकको परिवार नआएकाले पोष्टमार्टमका लागि नपठाइएको प्रहरीले जनाएकाे छ । बन्दै गरेको नयाँ ट्यांकीमा उनी खस्नु भवितव्य हो या नियोजित बन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनकाे मृत्युको कारण भने खुल्न नसकेकाे प्रहीले जनाएकाे छ । ट्याङ्की करिब १५/२० फिट गहिरो थियो ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार १७:४५