१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

कैलाली जिल्ला अदालतबाट हत्कडीसहित बलात्कारी दमाई फरार


२९ माघ, कैलाली । कैलाली जिल्ला अदालत परिसरबाट एक अभियुक्त हत्कडीसहित फरार भएका छन् । बलात्कारको अभियोगमा सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दिल्प दमाई जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार भएका हुन् ।


इलाका प्रहरी कार्यालय लम्कीमा थुनामा रहेका उनलाई बलात्कार मुद्दामा अनुसन्धानका लागि म्याद थप गर्न सोमबार धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभुषण तिमिल्सेनाले बताए । उनी अदालतमा फाइल पेश गर्ने क्रममा फरार भएको प्रहरीले जानकारी दिएको छ । फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार १७:२८