१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

लक्ष्मी बैंकले ८.५० प्रतिशत बोनस शेयर वितरण गर्दै


२५ माघ, काठमाडौं  । लक्ष्मी बैंक लिमिटेडकाे १८औं साधारणसभामा  चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड पुगेको छ ।

साधारण सभाले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश स्वीकृत गर्नुका साथै संचालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७४/०७५ को बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

आ.व. २०७४/७५ मा ६५.५६ अर्ब निक्षेप र ६२.६५ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ८१ अरब रहेको छ । सोहि आ.व.मा बैंकले १ अर्ब १८ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथ साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहेका छन् ।

उच्चस्तरीय संस्थागत सु–शासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ । लक्ष्मी बैंक एक हरित कम्पनी हो र यसले इन्टरनेट, कार्ड तथा मोवाइल फोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोग मार्फत हरियाली मैत्री बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम भएको छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार १६:११