८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

काठमाडाैँकाे सङ्ग्रहालय मार्गमा टेम्पो दुर्घटना हुँदा दश जना घाइते


२९ माघ, काठमाडौँ  । काठमाडाैँको सङ्ग्रहालय मार्गमा टेम्पाे दुर्घटना हुँदा दश जना घाइते भएका छन् । मङ्गलवार दिउँसो  बा१ज ४८७६ नम्बरको सफा टेम्पो र बा१९च ८१८८ नम्बरको टाटा पिकअप एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइतेहरू मध्ये ७ जनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा र तीन जनाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेको सफा टेम्पो पूर्णहरूमा क्षतिग्रस्त छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार १५:१३