६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

अब ३ बच्चा जन्माउनेलाई २६ लाख दिने हंगेरीका प्रधानमन्त्रीकाे घोषणा !


२९ माघ, काठमाडौं । हंगेरीमा तीन बच्चा जन्मिए २६ लाख रुपैयाँसम्मको ऋण मिनाहा र चार बच्चा जन्माउने महिलालाई जीवनभर आयकर छुट दिने प्रधानमन्त्री भिक्टर अर्बनले घोषणा गरेका छन । हंगेरीका प्रधानमन्त्री  अर्बनले आप्रवासी जनताको परनिर्भरता घटाउन र देशको भविष्य जोगाउन भन्दै यस्तो घोषणा गरेका छन् ।

हंगेरीको जनसंख्या हरेक वर्ष ३२ हजारको दरले घटेको छ र युरोपेली संघको तुलनामा हंगेरीका महिलाहरुको बच्चाको औसत संख्या कम छ । देशमा बच्चाहरुको जन्मदर बढाउने योजनाको घोषणा गर्दै प्रधानमन्त्री अर्बनले नवविवाहित दम्पत्तिलाई बिनाब्याज २६ लाख रुपैयाँसम्मको ऋण दिने र उनीहरुका तीनवटा बच्चा जन्मिनासाथ ऋण मिनाहा गरिदिने बताएको बीबीसीले जनाएको छ

प्रधानमन्त्री अर्बनले भनेका छन् पश्चिम देश आप्रवासीहरुलाई कम जनसंख्याको समस्याको रुपमा हेर्दछन् । तर पलायन भएका प्रत्येक बच्चाका लागि एक बच्चा आउनु जरुरी छ । यसरी जनसंख्या ठीक ठाउँमा आउँछ । उनले भनेका छन्– हंगेरीका जनता दोस्रो तरिकाले सोच्दछन् । हामीलाई संख्याको होइन, नागरिकको आवश्यकता छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार ०९:३०