१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रोजगार संयोजकमा दरखास्त दिनेको छोटो सूची सार्वजनिक, फागुन ११ र १२ मा परीक्षा (नामसहित)


२९ माघ, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको छोटो सूची सार्वजनिक गरेको छ। सोमबार राति मन्त्रालयले एक पदका लागि तीन जनाको नाम छोटो सूचीमा समावेश गरी सार्वजनिक गरेको हो । मन्त्रालयले प्रदेश अनुसार छोटो सूचीमा पर्ने उम्मेदवारको नाम सार्वजनिक गरेको छ । सबै उम्मेदवारको सीप परीक्षा भने पुल्चोक इन्जिनियरिङ कलेजमा हुने मन्त्रालयले जनाएको छ । परीक्षा फागुनको ११ र १२ गते हुने पनि मन्त्रालयले जनाएको छ ।

नेपालको इतिहासमै सरकारी कामका लागि पहिलो पटक कम्प्युटर प्रणालीबाट योग्य उम्मेदवारको छनौटको काम श्रम मन्त्रालयले गर्दैछ । यसले हरेक जागिरमा भनसुनमात्र चल्छ भन्ने आम मान्यताको अन्त्य गरेको छ । छोटो सूचीको विवरण समेत कम्युटर प्रणालीबाटै तयार गरिएको मन्त्रालयले जनाएको छ । यसअघि श्रममन्त्री गोकर्ण विष्टले आफ्नो समेत सोर्स नलाग्ने गरी काम गर्नछनौट समितिका सदस्यहरूलाई निर्देशन दिएका थिए ।

यी हुन छनाैटमा परेका उम्मेदवारहरू

रोजगार संयोजकका लागि छनाैटमा परेका प्रदेश १ का शाखा अधिकृत सरहका उम्मेदवारहरूको सूची

रोजगार संयोजकका लागि छनाैटमा परेका प्रदेश १ का नायव सुब्बा सरहका उम्मेदवारहरूको सूची

रोजगार संयोजकका लागि छनाैटमा परेका प्रदेश २ का उम्मेदवारहरूको सूची

रोजगार संयोजकका लागि छनाैटमा परेका प्रदेश ३ का शाखा अधिकृतसरहका उम्मेदवारहरूको सूची

रोजगार संयोजकका लागि छनाैटमा परेका प्रदेश ३ का नायव सुब्बा सरहका उम्मेदवारहरूको सूची

रोजगार संयोजकका लागि छनाैटमा परेका गण्डकी प्रदेशका शाखा अधिकृत सरहका उम्मेदवारहरूको सूची

रोजगार संयोजकका लागि छनाैटमा परेका गण्डकी प्रदेशका नायव सुब्बा सरहका उम्मेदवारहरूको सूची

रोजगार संयोजकका लागि छनाैटमा परेका प्रदेश ५ का उम्मेदवारहरूको सूची

रोजगार संयोजकका लागि छनाैटमा परेका कर्णाली प्रदेशका शाखा अधिकृत सरहका उम्मेदवारहरूको सूची

रोजगार संयोजकका लागि छनाैटमा परेका कर्णाली प्रदेशका नायव सुब्बा सरहका उम्मेदवारहरूको सूची

रोजगार संयोजकका लागि छनाैटमा परेका सुदुरपश्चिम प्रदेशका शाखा अधिकृत सरहका उम्मेदवारहरूको सूची

रोजगार संयोजकका लागि छनाैटमा परेका सुदुरपश्चिम प्रदेशका नायव सुब्बा सरहका उम्मेदवारहरूको सूची

प्रकाशित मिति : २९ माघ २०७५, मंगलवार ०७:१४