१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

पूर्व एमालेले पनि स्वीकार्यो ‘जनयुद्ध दिवस’, दुबै अनेरास्ववियुले देशैभर दीप प्रज्वलन गर्ने


२८ माघ, काठमाडाैँ । नेकपा एमाले र नेकपा माअोवादी केन्द्र एकीकरण भएर नेकपा बनेपछि एकीकरणको संघारमा रहेका उसका भ्रातृ संगठनहरूले संयुक्त रूपमा जनयुद्ध दिवस मनाउने भएका छन । यसअघि जनयुद्ध भन्ने हिचकिचाउने पूर्व एमालेहरूले अब शहीदको सम्मानको नाम दिएर दिवस भव्य बनाउने भएका छन ।

नेकपाका महासचिव विष्णु पाैडेलले शहिदको सम्मानमा दिवस भव्य रूपमा मनाउन भन्दै सर्कुलरनै जारी गरेपछि सोमबार बसेको अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त बैठकले जनयुद्ध दिवस मनाउने निर्णय गरेको छ ।

बैठकपछि दुबै संगठनका अध्यक्षहरू नविना लामा र रञ्जित तामाङले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तिको तीन नम्बर बुँदामा फागुन १ गते देशभर जनयद्ध दिवस मनाउने निर्णय गरेको उल्लेख छ । निर्णयअनुसार फागुन १ गते केन्द्रको हकमा माइतीघरमण्डलामा दिप प्रज्वलन गरिने छ भने देशैभरका जिल्ला र क्याम्पसहरुमा आफ्नो सापेक्षताअनुसार संयुक्त कार्यक्रम गर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार २०:३०