१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

जनतामा निराशा फैल्याउने काम स्वार्थी तत्वले गर्दै छः  प्रधानमन्त्री ओली


२८ माघ, काठमाण्डौ  ।  जनतामा निराशा फैल्याउने काम स्वार्थी तत्वहरुले  गरिरहेको उल्लेख गर्दै नागरीकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत रहन आग्रह गरेका छन् । नेपालमा वैदेशिक लगानी भित्रन नदिन चैत दोस्रो साता आयोजना हुन गइरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु पनि सक्रिय भैरहेको दाबी गरेका छन् ।

सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले देशलाई अन्धकार युगमा राखिरहने प्रयास अझै पनि भैरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लड्न तयार रहेकाे बताएका छन् । प्रधानमन्त्री ओलीले केही दिन अघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउनेलगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै यस्ता गतिविधि सैह्य नहुने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार १२:५३