११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

यूएईमा १ सय ५० नेपाली कामदार अलपत्र 


२८ माघ, यूएई । यूएईमा १ सय ५० नेपाली कामदार अलपत्र परेकामा २८ जनालार्इ नेपाल फर्काएकाे छ ।  १ सय ५० कामदारसहित साढे ७ सय कामदारको उद्दार गरेर सम्बन्धित देश फर्काउने प्रक्रिया  यूएई सरकारले  सुरू गरेकाे छ । यूएई सरकारले अलपत्र परेका कामदारलाई क्षतिपुर्तीसहित सम्बन्धित देश फर्काएको हो ।

उद्दार गरिएका सबैलाई आबुधाबीबाट भारत ट्रान्जिट हुँदै नेपाल फर्काईएको हो । अब ९० जना नेपालीलाई केही दिनमै नेपाल फर्काउन लागेको पीडितहरुले बताएका छन् । फर्किने सबैले आफूले पाउनुपर्ने रकमको ५० प्रतिशत हिसाब बुझेर फर्किएको बताएका छन् ।

यूएईले चासो देखाएर पाउनु पर्ने पुरै रकमका लागि अदालतमा मुद्दा दायर गर्न मोबाइल कोट स्थापना गरेर काम गरिरहेको थियो । तर त्यसमार्फत कोही पनि नेपालीले मुद्दा दर्ता गरेनन् । काम गरेको महिनाको तलब नदिई कम्पनीका सञ्चालक जोर्डन तथा कतारका नागरिक यूएई छोडेर भागेपछि नेपालीसहित साढे ७ सय कामदार अलपत्र परेका थिए ।

कामदार अलपत्र परेपछि यूएई सरकारले श्रम तथा मानव संसाधन मन्त्रालयका सचिवको नेतृत्वमा अध्ययन तथा छानविन टोली बनाएर कम्पनीमा अलपत्र परेका कामदारलाई खाना, बस्नसहित उनीहरुको स्वास्थ्यकोसमेत जिम्मा लिएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार १२:३६