१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नेपाल राष्ट्र बैंकले २ अर्ब ५३ करोडको ट्रेजरी बिल जारी गर्दै


२८ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले पुन, २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल मंगलबार जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि मात्रै २ अर्ब ५३ करोडको ट्रेजरी जारी गर्न लागिएको जनाएको छ । यसका लागि राष्ट्र बैंकले आज बोलकवोलमा सहभागी हुन आग्रह गरेको छ । आज सोमबार ३ बजे बोलकवोल भएर मंगलबार जारी हुने ट्रेजरी ०७६ वैशाख ३१ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार ११:१६