१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

जन्तीले नाँचेर पुल भाँचे, नालीमा खसे बेहुला


२८ माघ, भारत । भारतको नोयडास्थित एउटा पुल जन्ती नाँच्दा भाँच्चिएकाे छ । पुल भाँचीदा  बेहुलालगायत लगभग १५ जना नालीमा खसेका छन् भने दुई बालक घाइते भएका छन् । बेहुलालगायत १५ जना सानो पुलमाथि नाचिरहेका थिए र यो एक्कासी भाँच्चियो । नालीमाथि बनाइएको उक्त पूलले ओलिभ गार्डेन वेडिङ ब्यान्क्वेटको हलबाट त्यसको बगैंचालाई जोड्छ । प्रत्यक्षदर्शीका अनुसार जन्तीहरु उक्त पूलमाथि करिब १० मिनेटसम्म नाचेका थिए ।

घटनापछि ब्याङ्क्वेट हलका मालिकले बेहुलाको परिवारलाई तीन लाख भारु क्षतीपूर्ती दिएको छ । त्यसपछि बेहुलाले लुगा फेरेर विवाहको कार्यक्रममा सरिक भए । ३५ वर्षे बेहुला अमित यादव इन्दिरापुरमका व्यापारी हुन् । यस्तै ३२ वर्षे सोनम दिल्लीकी बासिन्दा हुन् । सोनमका बुवा फूल कुमारले फेब्रुअरी ९ तारिखमा उक्त पार्टी प्यालेस बुक गरेका थिए । एजेन्सी

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार १०:५२