७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सञ्जय दत्तकाे ग्ल्यामरस अभिनेत्री अम्बानीसँग अफेयर, किन अलग्गिए ?


२८ माघ, काठमाडाैं । टिना अम्बानी ८० को दशकमा बलिउडकी ग्ल्यामरस अभिनेत्रीमा समावेश थिइन् । सन् १९७८ मा उनले देव आनन्दको फिल्म देश परदेशबाट आफ्नो बलिउड करियरको सुरुवात गरिन् । त्यसपछि उनी देवका अन्य फिल्ममा पनि देखिइन् ।

सर्वाधिक चर्चा उनले ऋषि कपुरको अपोजिट ‘कर्ज’ र संजय दत्तको अपोजिट ‘रकी’ फिल्मबाट पाइन् । रकी फिल्मको सुटिङको क्रममा संजय दत्तसँग उनको अफेयरको पनि चर्चा रह्यो । पछि टिनाले उद्योगपति धीरुभाइ अम्बानीका कान्छा छोरा अनिल अम्बानीसँग विवाह गरिन् ।

 फेब्रुअरी १९९१ मा टिनाले अनिल अम्बानीसँग विवाह गरिन् । त्यसपछि उनले फिल्ममा काम गरिनन् । उनका दुई छोरा अनमोल र अंशुल छन् । सन् १९८१ मा फिल्म रकीको सुटिङको क्रममा टिना र संजय दत्तबीच रोमान्स चर्चामा थियो । दुबै डेट पनि गरिरहेका थिए तर संजय दत्तको नशा र लागुऔषधको लतका कारण यो सम्बन्ध अचानक अन्त्य भयो ।

राजेश खन्नासँग पनि उनको अफेयरको अफवाह उडेको थियो । यासिर उस्मानद्वारा सञ्जय दत्तमाथि लेखिएको विवादित बायोग्राफी ‘द क्रेजी अनटोल्ड स्टोरी अफ बलिउड ब्याड ब्वाई’ का अनुसार ब्रेकअपपछि सञ्जय दत्तले निकै समस्याको समना गर्नुपरेको थियो ।

किताबका अनुसार सन् १९८२ मा सञ्जय दत्तका छिमेकी बन्दुक चलाएको आवाज सुनेर डराए । संजय दत्तले आफ्नो घरमा २२ पटक ओपन फायर गरेका थिए । टिनासँग ब्रेकअपपछि सञ्जय तनावमा थिए । ओपन फायरबाहेक उनले तोडफोड पनि गरेका थिए । स्मरण रहोस्, सञ्जय दत्तले यी कुराको खण्डन गरिसकेका छन् । उनका अनुसार यी कुरा निराधार हुन् । एजेन्सी

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार १०:१०