१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

कालाजारकाे नयाँ सङ्क्रमित भेटियाे


२७ माघ, सप्तरी ।  सरकारले निःशुल्क उपचारको घोषणा गरे पनि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा औषधि अभाव हुँदा कालाजारबाट सङ्क्रमित एक बिरामीको उपचार हुन सकेको छैन ।

कालाजारबाट सङ्क्रमित छिन्नमस्ता गाउँपालिका–७ का ३५ वर्षीय मधुराम सदा उपचारबाट वञ्चित भएका हुन् । उपचार निःशुल्क हुने थाहा पाएर एक हप्ताअघि अस्पताल आउनुभएका सदा घर फर्किनु भएको छ । चार वर्षयता कालाजारको सङ्क्रमित फेला नपरेका कारण अस्पतालले औषधि नराखेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासले बताउनुभयो ।

“नयाँ सङ्क्रमित फेला परेपछि औषधि मगाएका छौँ”, उहाँले भन्नुभयो । सन् २०२० सम्ममा कालाजार उन्मूलन गर्ने सरकारको लक्ष्य छ । जिल्लामा यसअघि २०७२ साल वैशाख २२ गते बेल्ही चपेना–८ की २४ वर्षीया रीतादेवी राममा कालाजारको सङ्क्रमण देखापरेको थियो । विसं २०६३ देखि हालसम्ममा जिल्लामा कालाजारका १५६ सङ्क्रमित फेला परेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आईतवार १९:४८