११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

सुदूरपश्चिम सेवा समाज युएईद्धारा महेश सिंहको नेतृत्वमा चौथो दुबई क्षेत्रीय समिति गठन


२६ माघ, यूएई । सुदूरपश्चिम सेवा समाज युएईद्धारा महेश सिंहको नेतृत्वमा चौथो दुबई क्षेत्रीय समिति गठन भएकाे छ ।

‘हाम्रो परम्परा हाम्रो संस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै यूएईमा कार्यरत सुदूरपश्चिम बासीहरुलाइ एकसूत्रमा बाँध्दै देशमा हुने प्राकृतिक प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा सहयोग गर्न तथा बैदेशिक रोजगारीको शिलशिलामा यूएईमा कार्यरत सुदूरपश्चिमबासी सहित नेपालीहरुको हितका लागि संगठित रुपले अघाडि बढ्ने र सुदूरपश्चिमको बोली भाषा संस्कृति को जगेर्ना र संगरक्षण गर्ने उदेश्यले २ जनवरी २०१५ मा स्थापना भएको सुदूर पश्चिम सेवा समाज युएईले आफ्नो चौथो क्षेत्रिय समिति बिस्तार गर्दै महेश सिंह को नेतृत्वमा सर्ब सहमतिले दुबई क्षेत्रीय समिति गठन गरेको छ।


यूएईको जाबेल पार्कमा शुक्रबार सुदूरपश्चिम सेवा समाज यूएईका अध्यक्ष सन्ध्या बोगटि भण्डारीको अध्यक्षता तथा संस्थाका अग्रज संस्थापक सल्लाहाकार देउड़ा सर्जक, देउडिया, भूपु अन्तर्राष्ट्रीय कबड्डी खेलाड़ी लक्ष्मण अधिकारिको प्रमुख आतिथ्यतामा अगाडी बढेको कार्यक्रममा सुदूर पश्चिमेली नेपाली समाज अन्तराष्ट्रीय समितिकी उपाध्यक्ष शारदा शाह, सुदूर पश्चिम सेवा समाजका संस्थापक सदस्य तथा नेपाली एकता समाजका अध्यक्ष जयबहादुर बिक, सुदूर पश्चिम सेवा समाजका सल्लाहाकार देव कुंवार, सल्लाहाकार जयराज जोशी, बरिष्ट उपाध्यक्ष धन खड्का उपाध्यक्ष भीम बहादुर सिंहसहित सुदूरपश्चिम बासीहरुको बाक्लो उपस्थिति रहेको थियाे ।

उक्त कार्यक्रमकाे सन्चालन समाजका महासचिव दिनेस महराले  गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अथित र अथितिहरुले पनि आ-आफ्नो बिचार राख्दै नवगठित क्षेत्रीय समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो। नवगठित समितिका अध्यक्ष महेस सिंहले आफुले जिम्मेवारी पाएकोमा खुसी व्यक्त गर्दै आउँदा दिनहरुमा दुबईमा रहेका सम्पूर्ण सुदूरपश्चिम बासीहरुलाई एकजुट भएर अघाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।

महेस सिंहको अध्यक्षतामा ११ पदाधिकारी तथा सदस्यहरूकाे कार्यसमिती चयन भएको छ । कार्यसमितीमा उपाध्यक्ष सागर बोहरा, सचीव प्रकास चन्द, सह सचिव सुरेन्द्र खडायत, कोषाध्यक्ष तारा बिस्ट, सह कोषाध्यक्ष प्रकास खडका, सदस्य तारा गैराल,
सदस्य दिपक बम,सदस्य टंक प्रसाद जोसी, सदस्यहरू ईन्द्र नाथ र निर्मला देबि बुढा रहेका छन् । त्यस्तै, चन्द्र सिंह धामी
राजेन्द्र जोसी र भरत परियार (सागर) सल्लाहाकार रहेका छन् ।

 

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार १८:१०