८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बिगब्यास लिगमा सन्दीपको टिमकाे लज्जास्पद हार, ब्रिसबेन हिटसँग १० विकेटले पराजित


२५ माघ, काठमाडौँ । बिगब्यास लिगमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले लज्जास्पद हार बेहाेरेकाे छ।

ब्रिसबेन हिटसँग टस हारेर ब्याटिङ गरेकाे मेलबर्नले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।ब्रिसबेनले १ सय ५७ रनको लक्ष्य १० ओभरमा विकेटकाे क्षतिबिना पूरा गर्‍यो । ब्रिसबेनका लागि म्याक्स ब्रायन्टले ३० बलमा ५ छक्का र ६ चौकासहित ७१ रन बनाए, साथै बेन कटिङले ३० बलमा ८ छक्का र ४ चौकासहित ८१ रन बनाए ।

सन्दीप लामिछानेले २ ओभर बलिङ गरेर  २८ रन खर्चिए । सन्दीपले आफ्नो पहिलो ओभरमा एउटा क्याच सिर्जना गरेपनि फिल्डिङ मिस भएको थियो । पहिलो ओभरमा ८ रन खर्चिएका उनले दोस्रो ओभरमा २० रन खाए । सन्दीप बिगब्यासमा पहिलोपटक विकेटविहीन भए ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार १८:३५