१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

३२ लाख कित्ता सेयर थपियो, कसको कति कित्ता हकप्रद सेयर सूचीकृत भयाे ?


२४ माघ, काठमाडौं  नेपाल स्टक एक्सचेन्जमा ३२ लाख १८ हजार १ सय ३७ कित्ता सेयर सूचीकृत भएको छ । जसमा सीटी एक्सप्रेस फाइनान्सको २५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ भने यता नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको ६ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । यस्तै हाम्रो विकास बैंकको १ लाख १८ हजार १ सय ३७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नयाँ नेपालले गत साउनमा हकप्रद बिक्रि गरेको थियो भने सिटि एक्सप्रेसले गत भदौमा हकप्रद बिक्री खुला गरेको थियो । हाम्रो विकास बैंकले कात्तिकमा बोनस सेयर पारित गराएको थियो । सोही सेयर अहिले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार १५:३४