१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

गरिब किसानकाे श्रम शाेषण गर्ने दलाल अर्थतन्त्र सुधारका निम्ति प्रा डा संग्राैलाका सात सुझाव


-प्रा डा युवराज संग्राैला

नेपाली अर्थतन्त्रमा समस्या भनी आज केही खबर आएका छ्न संचार माध्यममा । नेपाली अर्थतन्त्र लामो समय देखि समस्याग्रस्त छ। अहिलेको समस्या केबल बिगतको निरन्तरता मात्र हो। समस्याका देखिने र अन्तर्निहित कारण हुन्छ्न।

१. अर्थतन्त्र समस्याग्रस्त हुनुको पहिलो कारण हो, यो आम गरिब जनताको उत्पादकत्वको प्रबर्द्धन गरि उनीहरुको आय वृद्धि र बचत वृद्धि सङ्ग सरोकार नै राख्दैन। यो माथिल्ला तप्का केही सिमित मानिसको कमिसनखोरीमा जकेडिएको छ र यस्को चरित्र दलाली हो। यस्तो अर्थतन्त्रले देशमा गरिब किसानको श्रम चुस्छ। उत्पादकत्व प्रबर्द्धन गर्दैन र रास्ट्रीय आयलाई गरिब समक्ष लक्षित पनि गर्दैन।

२. अझ महत्वपुर्ण कुरा त के हो भने, बिगत ३० बर्षमा आएका सबै अर्थमन्त्रीले अबलम्बन गरेको सिद्धान्त एउटै हो, त्यो हो ट्रीकलडाउन सिद्धान्त, अर्थात धनीहरु झन धनी भएपछि अनि मध्यमबर्ग धनी भएपछि उनिहरुले लगानी गर्छ्न र रोजगारि सिर्जना गर्छ्न। त्यसरी उनीहरुकोको आम्दानी गरिबकोमा पुग्छ। यो पुजीवाद भित्र पनि असफल भएको बिक्रीत पुजिंबादले बिस्वास गरेको सिद्धांत हो। यस्को प्रभाब यति गहिरो छ नेपालमा कि जतिपटक बामपंथी सरकार आउंदा पनि अर्थमन्त्रीले भन्ने गरेका छ ” बाहिरी लगानी बिना भित्री पुजीले मात्र अर्थतन्त्रको बिकास हुदैन।” कांग्रेसीको त कुरै छोडौं। यो वाइयात गफ हो, जस्को उत्पादन बिस्वबैंकमा कन्सल्टेन्सी गर्ने अर्थशास्त्रीले गरेको हो।

३. चीन, कोरिया र जापान सङ्ग सिक्नु पर्ने कुरा के हो भने अर्थतन्त्रको बिकासमा आन्तरिक उत्पादन प्रणालिले नै सुरुमा अहम भुमीका खेल्छ। जब आन्तरिक उत्पादन प्रणालीले प्रगतिशील वृद्धिको बाटो समात्छ, तब मात्र बाहिरी लगानि आकर्सित हुन्छ। कहिले सम्म जनतालाई मूर्ख बनाइ रहने हो? नेपालमा बित्तिय प्रणालीलाई अर्थतन्त्रको परिभाषा दिइएको छ। र, गरिबलाई गरिब राख्ने खेल खेलिएको छ। उत्पादकत्वको वृद्धि, यातायात सन्जाल र बजारको बिकासबाट आम जनताको सक्षमा वृद्धि नगरी सुंगुरका पाठा दिने, बर्षमा १०० दिन काम दिने जस्ता योजना नियोजित रुपमा गरिबलाई गरिब बनाइराख्ने खेलमात्र हुन। अहिलेको सरकार र नेताले यो कुरा बुझुन।

४. अत नेपालको अर्थतन्त्रलाई सुद्रीढ गर्ने हो भने, जमिनको ब्यबस्थापन र कृषि एबं बन पैदावरको क्षेत्रलाई आधुनिकरण गर्दै किसानहरुको उत्पादकत्व र बजारको स्वछ पहुच निर्माण गर्नुको विकल्प छैन। जमिन बांजो, उत्पादनको बजारबिहिनता गरिब किसानको चरम सोषण नरोकी कसरी हुन्छ अर्थतन्त्र सुदृढ? समस्या आर्थिक श्रोतको होइन दिमागी श्रोतको हो।

५. अहिलेको मुल समस्या भनेको समाजबाद तर्फ देशलाई जान नदिने भित्री खेल हो। संबिधानको धारा ५१ले भन्छ, रास्ट्रीए पुजिको लगानीलाई प्राथमिकता दिनु पर्छ। तर अर्थमन्त्रालय भने जनताको बचतलाई संकलन गर्दै पुजिं एकत्रित गर्ने तर्फ होइन बिदेशी लगानीको सम्मेलनका धुनमा छ। यो रणनीति बिस्वबैकको नेपालको पुजिं बाहिर लाने नवउदारबादी नितिनै हो। उता प्रतीपक्षी त बामपंथी सरकारका कारणले बिदेशी लगानी नै आउदैन भनेर आन्दोलन गरिरहेको छ।

६. अहिलेको आवस्यकक्ता सहकारीले संकलन गरेको पुजिं, करिब ३० लाख जनसंख्या सङ्ग रहेको निष्क्रिय बचत र देशमा रहेको अपार प्राकृति श्रोतको परिचालन गर्ने हो।

७. किन बिदेशमा कार्यरत श्रमिक र देशमा रहेका मध्यम तथा न्यून मध्यम बर्गको पुजिं परिचालन गरि बिकासलाई अगाडि लाने नीति अर्थमन्त्रालय लिन सक्दैन वा चाहादैन? कारण हाम्रा इकोनोमेट्रीस्टहरुका दिमाग पश्चिमी अर्थशास्त्रका सिद्धान्तले भरिएको छ जसको निर्माण युरोप र अमेरिकाका लागि भएका हुन। आफ्नो सन्दर्भ र यथार्थलाइ बेवास्ता गरेर अर्थतन्त्रको बिकास गर्न सकिन्न।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार २०:२३