१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

तनहुँ जिल्ला मगर हेरिटेज ट्रेलको लागि उपयुक्त गन्तव्य


भुमराज तिवारी

२३ माघ, तनहुँ । पर्यटकिय, सांस्कृतिक तथा धार्मिक रुपमा सम्वृद तनहुँ जिल्लाबाट मगर हेरिटेज ट्रेलकाे सुरुवात गर्न सरोकारवालाहरु जागरुक देखिएका छन् । नेपालको मध्य पहाडी भुभागमा रहेको तनहुँको अधिकाश भुभागबाट अन्नपूर्ण तथा लमजुङका हिमाल देख्न सकिन्छ ।

तनहुँ टुरिजम प्रमोसन सोसाइटीद्वारा मिछुर्लुङ होमस्टे अध्ययन भ्रमण कार्यक्रममा स्थानिय र पर्यटन व्यवसायीले तनहुँलाई मगर हेरिटेज ट्रेलका रुपमा विकास गर्न सरकारसँग माग गरेका छन् । तनहुँ पर्यटन विकास समितिका संयोजक हरिसिंह गुरुङले भिजिट नेपाल २०२० लाई सफल पार्न मगर हेरिटेज ट्रेलले सहयोग पुग्ने बताउनुभयो ।

गाँउ पर्यटनको अधिक सम्भावना रहेको तनहुँका हरेक जसो गाउँहरु पर्यटन मैत्री रहेकोले यसको प्रचार प्रसारमा काठमाडाैँमा रहेर पर्यटन क्षेत्रमाआवद्व तनहुँ टुरिजम प्रमोशन सोसाइटीले हातेमालो गर्दै अगाडी बढ्ने संस्थाका अध्यक्ष गुप्त भण्डारीले बताउनुभयो ।

मगरहरुको बाहुल्यता रहेको तनहुँका ११ गाउँमा हालसम्म होमस्टेहरु संचालनमाआइसकेका छन् भने अन्य धेरै गाउँहरुमा पनि होमस्टे सुरुवात गर्न स्थानियहरु जागरुक रहेकोले पहल थालिनु पर्नेमा संस्थाका निवर्तमान अध्यक्ष शेखर थापाले जोड दिनुभयो ।
होमस्टे र पर्यटनप्रति युवाहरुको संलग्नता र चासो बढाउन अध्ययन भ्रमण फलदायि भएको होटल बन्दिपुर अग्र्यानिक होमका संचालक आशुतोष प्रधानले बताउनुभयो ।

नेपालको पर्यटन हिमाली दृश्यावलोकन सहित गाउँघरको जनजीवनलाई जस्ताको त्यस्तै महशुष गराउन होमस्टे उपयुक्त माध्यम हुने मगर पर्यटन समाजका महासचिव तथा टानका प्रथम उपाध्यक्ष जीवन थापामगरले बताउनुभयो । राष्ट्रिय गानका रचयिता व्याकुल माईलाले होमस्टेले सामाजिक एकता, भातृत्व तथा मेलमिलाप एवं सांस्कृतिक जर्गेनामा कोसेढुङगा  साबित हुने बताउनुभयो ।

मिर्छुलुङ गाउँ पृथ्वी राजमार्गको खैरेनीटारबाट १२ किलोमिटर भित्र भिमादमाथिको डाडाँमा रहेको मगर वस्ती हो । स्थानिय परिकार सँगै मगर समुदायको नाचमा पाहुना रमाउने गरेको होमस्टे संचालकहरुले बताए ।

     

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार ११:३३