१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अभिनेता आर्यन सिग्देल पिता बन्दै 


२२ माघ, काठमाडाैँ । अभिनेता आर्यन सिग्देल पिता बन्दैछन् । गत २०७१ साल वैशाख ६ गते पेमिका सपना भण्डारीसँग वैवाहिक जीवनमा बाँधिएका सिग्देल करिब चार वर्षपछि पिता बन्ने भएका छन् ।

आर्यन पत्नी सपना भण्डारी करिब ७ महिनाको गर्भवती भएको बुझिएको छ । यतिबेला अभिनेता सिग्देल विकासराज आचार्यको चलचित्र ‘हजार जुनी सम्म’को छायांकनका लागि सिक्किममा रहेका छन् ।

आफू मातापिता बन्न लागेको कुरालाई आर्यन र सपनाले भने अधिकारिक रुपमा सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलवार १४:४५