१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

आईसीसीले नेपाल क्रिकेट संघमाथि लगाएको निलम्बन छिट्टै फुकुवा गर्छः मन्त्री विश्वकर्मा


२२ माघ, काठमाडाैँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले  नेपाल क्रिकेट संघमाथि लगाएको निलम्बन छिट्टै फुकुवा गर्ने बताएका छन् ।

मंगलवार रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा मन्त्री विश्वकर्माले आईसीसीले दिएको मार्गचित्रअनुसार क्यानको ५ सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको बताए ।

 

नयाँ नेतृत्व चयनकाे  विषयलाई लिएर देखिएको क्यान विवादले उग्ररूप लिएपछि आईसीसीले २०७३ बैशाखमा क्यानलाई निलम्बन गरेको थियो । आईसीसीले भनेअनुसार विधान संशोधन भइसकेको तर क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्दा हालेकाले निलम्बन फुकुवा गर्न ढिलाइ भएको मन्त्री विश्वकर्माले बताए

आईसीसीको निलम्बनमा पर्नुअघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी ३ श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरू गरेको थियो । तर निलम्बनमा परेसँगै क्यानले खेलाडीको तलबसमेत रोकेको छ ।

‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक ३५ हजार रुपैयाँ, ‘बी’ श्रेणीका खेलाडीले मासिक २५ हजार रुपैयाँ र ‘सी’ श्रेणीका खेलाडीले मासिक १५ हजार रुपैयाँका दरले पछिल्लो २ वर्षको तलबसमेत पाएका छैनन् ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलवार १३:१०