११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग मन्त्रालयले माग्यो स्पष्टीकरण


२१ माघ, काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग स्पष्टीकरण मागेकाे छ ।अध्यक्ष पौडेल चौमासिक समीक्षा बैठकका अनुपस्थित भएकाे र पत्राचार गर्दा पनि अनुपस्थितिबारे कुनै जानकारी  नगराएको भन्दै मन्त्रालयले स्पष्टीकरण मागेकाे हाे । उनी स्वीकृतिबिनै बिदामा  बस्ने गरेकी छन् ।

मन्त्रालयले आर्थिक वर्ष २०७५–०७६ का लागि चौमासिक समीक्षा बैठक राखेको र बैठकमा बोर्ड अध्यक्ष नै उपस्थित भइनन् । चलचित्र विकास बोर्डको प्रगति सुनाउने कुरामा बोर्ड अध्यक्ष  नै अनुपस्थित भएपछि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका उच्च अधिकारीलाई यस विषयमा प्रश्नसमेत सोधेका थिए ।

चलचित्र विकास बोर्डको कामसमेत सन्तोषजनक नभएकाे मन्त्रालयले जनाएकाे छ । तर, अध्यक्ष पौडेलले भने हालसम्म मन्त्रालयले मागेकाे स्पष्टीकरणबारे कुनै प्रतिक्रिया जनाएकी छैनन् । पौडेलले हालैमात्र पत्रकार रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी थिइन् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार १६:३०