१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

आकासियो सुनको भाउ, १ तोला सुनको मुल्य ६२ हजार ५०० 


२१ माघ, काठमाडौँ । पछिल्लाे समय सुनकाे मुल्यमा बृद्वि भैरहेकाे छ । सोमबार छापावाल सुन तोलामा ६२ हजार ५०० पुगेको छ ।आइतबार ६२ हजार ३०० मा कारोबार भएको सुनको मुल्य सोमबार २०० बढेर ६२ हजार ५ सयमा कारोबार भएको हो ।

यस्तै सोमबार तेजावी सुन ६२ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने आज तोलामा रु ७८० मा कारोबार भइरहेको छ

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार १२:२३