८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पर्यटन वोर्डमा कमजोरी कसकाे, राजनितिले कि यसको स्रोतले ?


-प्रदिप आचार्य

२० माघ, काठमाडाैँ । पछिल्लो वखत मलाई एउटै कुराले पिरोल्ने गर्दछ, त्यो हो धेरै ठाउँमा राजनितिको छाया या भनौं धेरै तिर राजनितिक भागबन्डा, पछिल्लो दशकत अदालतमा न्यायाधिस हुँदा समेत राजनितिक भागबन्डा भए । न्यायाधिस नियुक्ति पछि पार्टि कार्यलय छिरेर वधाई दिएका र लिएका उदारण रहे ।

विश्वविद्यालयहरु त एक किसिमले भर्ति केन्द्र पनि बनाईए । राजनिति पनि अच्चमको नै क्षेत्र हो जसले मानिसलाई असाधारण उर्जा र दवावमा काम गर्ने क्षमता प्रदान गर्दछ । यो कुरामा सहमत नै छु र राजनितिक व्यवस्थापन नजान्दा ठुला-ठुला जिम्मेवारी पनि खेर गएका पनि छन् ।

प्रदिप आचार्य

केहि दिन पहिला गोविन्द केसीको अनसन र त्यसका विरोधका स्वर दुवै नियाल्न काठमाडाैंकाे टिचिगं हस्पिटल पुगेको थिए । त्यो ठाउँ सांच्चै बढी सामान्य भन्दा सामान्य देखी उच्चस्तरका आय हुनेको उपचार गर्ने थलो हो तर त्यो ठाउ पनि प्रचार, नारावाजि, जुलुस र कोण सभा हुँदै थियो।

त्यहि विचमा युवासंघका एक दाजिले अव मान्छे पढेर केहि नहुने भन्दै पेशामा लाग्नु पर्ने र गुटमा लागेर नेता हुने चलन आए भन्नुभो , तर त्यहाँ अनेरास्ववियुका उपाधक्ष रश्मि आचार्य पनि हुनुहुन्थ्यो । तर हामि दुई पेशा गर्ने कुरामा सहमति हुँदा हुँदै पनि अव विश्वव्यापि रुपमा राजनितिक संग्लदै छ यसको असर नेपालमा पनि पर्ने दावा प्रस्तुत गर्याैं ।

कुनै समयमा गुटमा लागेर पद प्राप्त गरेका पनि नेतृत्व क्षमता र अध्ययन नहुँदा कयाैं पछि परेका उदारण प्रस्तुत गर्याैं भने नेतृत्व क्षमता र अध्ययन हुँदा हुँदै नेतृत्वमा नपुगे पनि अन्य हिसाबले अर्थात पुन आफ्नो नेतृत्व क्षमता प्रमाणित गरी नेतृत्वमा स्थापितहरुको बहस गर्याैं । अर्थात्, नेपालको संक्रमणकालिन राजनितिमा जे-जे भए पनि अव राजनिति संग्लने कुरामा एकमत रह्रयौं ।

केही दिन पहिला धुर्मस सुन्तलिले अन्तराष्ट्रिय क्रिकेट रगंशाला बनाउने भनेर घोषणा सभाको क्रममा नेकपाका अधक्ष्य द्वयकाे भनाई र आशय पनि त्यहि थियो । त्यसैको शिलशिला थिदै थियो, स्वभाविक रुपमा म पर्यटन कर्मि हुँ, पर्यटनका विकसित घटना क्रमका वारेमा चासो राख्ने गर्दछु ।

अवको केहिदिनमा नेपाल पर्यटन वोर्डमा निजि क्षेत्रको प्रतिनिधित्व गर्दै वोर्ड सदस्य हुनुभएका कृष्ण कुमार अर्याल र पुर्ण कुँवरको पदावधि सकिँदैछ । यि सदस्यको नियुक्ति नेपाल पर्यटन वोर्ड ऐन २०५५ वमोजिम संस्कृति पर्यटन तथा नागरीक उड्ययन मन्त्रिको मन्त्रिस्तरीय निर्णयबाट हुने गर्दछ ।

स्वभाविक म पर्यटन मन्त्रालयको गतिविधि र यसले गरेका उपलव्धिलाई नजिकवाट निहाल्ने गर्दछु सम्भावित नियुक्तिको बारेका भएका छलफल पनि सुन्ने गरेको छुु । यसै क्रममा मैले पर्यटनमा राम्रो ज्ञान राख्र्ने र पर्यटन वोर्डलाई नजिक वाट चिनेको एक दाजुलार्ई को बन्दै छन, रे भनेर पनि सोधेँ, खै थाहा नभएको कुरा बताउनुभयो, अनि मैल पनि भने म त्यो पदमा फिट हुन्छु कि नाई तपाईको राय के छ नि भन्दा आवि तपाई एमाले होईन अर्थात नेकपा होईन र भन्नु भयो ।

आखिर नेकपा सदस्य र सामान्य पर्यटन व्यवसायी हुँदा मात्रै पर्यटन वोर्ड जस्तो प्रतिस्ठित अनि कामचालु संस्थाको वोर्ड सदस्य हुने योग्यता पुग्ने कुरा निश्चयनै होईन तर पनि हामिले यसलाई यस्तै बनाएछौँ । पर्यटन वोर्डको बीसाैं वार्षिक उत्सवमा पनि हालका पर्यटन सचिवको महत्वपुर्ण गुनासो पनि यहिनै थियो । तर पर्यटन वोर्डको इतिहास हेर्दा वोर्ड सदस्य मात्र होईन पर्यटन वोर्डमा पुगेको जोकोहीले पनि आफ्नो पद र प्रतिस्ठा भुलेर नेपाल पर्यटन वोर्डको स्रोत दुरुपयोग गरेका उदारण हामि सित छन् सामान्य उदारणको लागी पर्यटन वोर्डको निरौला काण्ड र यसका दोषी हेरे हुन्छ ।

तर अन्त्यमा त्यो दाजुलाई म पर्यटन वोर्ड सदस्य वन्ने रेसमा नभएको कुरा प्रष्ट पारेँ । यद्यपि यो सरकार बनेको सुरु देखीनै सम्माननिय प्रधानमन्त्रि ओलीले अर्थ क्षेत्रमा एकदम कुशल अर्थशास्त्रि एवं राष्ट्र बैंकका गर्भनर भई सकको व्यक्तिलाई अर्थमन्त्रि वनाएर अवको युगको संकेत गरी सकेका छन् भने यहि सरकारले गरेका नियुक्तिलाई सार्वजनिक विरोध भए पछि सरकारले बदर गरेका वा फिर्ता लिन लगाएका उदारण पनि छन् भने सुरुमा सम्माननिय प्रधानमन्त्रिकी सालि भनेर विरोध गरीएकी इजरायल कि राजदुत अन्जान शाक्यको संसदिय सुनुवाई विशेष समितीमा गरीएको प्रस्तुतिले सम्माननिय प्रधानमन्त्रिको सिफारीस योग्य ठहरीयो र भनियो, साहै काविल महिला भएको बताइयो पनि।

सँगसँगै विद्यार्थि राजनिति देखि नै चर्चाको शिखरमा रहेर आफुलाई अब्बल प्रमाणित गरेका संस्कृति,पर्यटन तथा नागरीक उड्ययन मन्त्रि भएका रविन्द्र अधिकारीको आगमन पछि पनि पर्यटनमा धेरै राम्रा सुधार भएका छन् भने धेरै राम्रा र योग्यले अवसर पनि पाएका छन् । सरकारले बजेटमा घोषणा गरे वमोजिमको भ्रमण वर्ष २०२० को संयोजक को तोक्ने भन्नेमा कैंयौ छलफल भयो तर पनि अपेक्षा बमोजिम नै पुर्व नेपाल उधोग वाणिज्य संघ र सार्क चेम्बर अफ कमर्सको कुशल कार्यकाल सिद्याएका र उपल्लो शैक्षिक योग्यता हासिल गरेका सुरज वैध भम्रण वर्षको कार्यक्रमको सयोजक वनाइए जसले गैर पर्यटन कर्मि भनेर शुरुमा विवाद आउला जस्तो भए पनि उनकाे काम गराई शैली उनको समुहमा रहेकाहरुले प्रशंसा नै गर्ने गरेको पाएको छु ।

नेपाल एयरलाईन्सको कार्यकारी अध्यक्ष मदन खरेललाई बनाउँदा केपीले झापाको मान्छे ल्याए भनेर विवाद गर्न खोजिएपनि, नेपाल एयरलाईन्सको व्यवस्थित कार्ययोजना नहुँदा आएको अहिलेको समस्या देख्दा प्रवन्ध निर्देशक सुगतको अयोग्यतालेनै यसो भएको भन्नमा कुनै हिचकिचाउनु पर्दैन। यद्यपि उनले जहाज संख्या बढाउन गरेको पहल कदमि उत्कृष्ट नै छ ।

आज त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल सुधारमा यो सरकारको उत्कृष्ट योगदान रहेको छ भने, यसलाई महाप्रवन्धक राजकुमार क्षेत्रीले नेतृत्व गरीरहेका छन र उनिलाई अर्को कुलमान भनेर पनि तुलना गरीएको छ । यद्यपि उनि पहिला पनि थिए र तर यस अघिका मन्त्रिको अनावश्यक दवावमा काम गर्न गाह्रो हुने गरेको सवैले बताउने गरेका पाईन्छ। आज पर्यटन मन्त्रालय का राष्ट्रिय गौरवका आयोजनामा रहेका पोखरा र भैरहवा विमानस्थल निर्माणमा पनि दुवै युवा हरुले आयोजना नेतृत्व गरेका छन् र पोखरा विमानस्थल भने भन्दा अगाडि र भैरहवा भनेको मितिमै सकिनेमा दुवै प्रमुख र मन्त्रि आशावादि हुनुहुन्छ ।

आखिर कुरो को चुरो पर्यटन वोर्डमा नयाँ थपिने सदस्य को आउदै छन् भनेर व्यक्तिमा बहस गरीनु भन्दा पनि यो सरकारको साथै सम्माननिय प्रधानमन्त्रि तथा संस्कृति पर्यटन तथा नागरीक उड्ययन मन्त्रिको काम गराई शैलि एउटै भएकोले जो आए पनि पर्यटनलाई राम्रो सँग बुझेको, अध्ययनशिल, क्रियाशिल अनि नेपालको पर्यटनले निर्धारीत लक्ष्यमा उपयुक्त योगदान दिन सक्ने व्यक्ति आउने कुरा निर्विवाद र आँकलन गर्न सकिने कुरा हो । जो सुकै आए पनि आज पर्यटनमा भविस्य खोज्दै गरेका र तपाईहरुको छोराछोरीलाई हेरेर पर्यटन सुधार्ने काम गर्नुहोला, शुभकामना

प्रकाशित मिति : २० माघ २०७५, आईतवार २२:१५