८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपाल राष्ट्र बैंकले सोमबार ५ अर्बको ट्रेजरी बिल बिक्री गर्दै


२० माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार  ५ अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आइतबार एक सूचनामार्फत उक्त परिमाणको बिल खरीदका लागि बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

 

बैंकले सोमबार बिक्री गर्न लागेको ट्रेजरी बिलमध्ये ३ अर्ब २५ करोड २८ दिनका लागि तोकिएको छ । यस्तै,  १ अर्ब ९१ करोड भने ९१ दिनका लागि बिक्री गर्न लागिएको छ । बैंकले यही माघ १४ गते  २ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यस्तै, बैंकले आइतबार मात्रै ५ अर्ब बराबरको रिपो बिक्रीका लागि बोलकबोल गरेको छ । पछिल्ला दिनमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई रिपो र ट्रेजरीजस्ता वित्तीय उपकरणमार्फत तरलता उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : २० माघ २०७५, आईतवार १८:३८