८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कम्युनिष्ट समाप्त पार्ने उद्घोषसहित अनशन बसेका गोविन्द केसीले देउवाको अनुरोधमा तोडे अनशन


१८ माघ, काठमडौँ । कम्युनिष्टहरू समाप्त पार्छु भन्दै नेकपाका केही नेताको नामै लिएर इलाम गएर अनशन सुरू गरेका चिकित्सक गोविन्द केसीले २४ औँ दिनमा हातालायो शून्य भएर अनशन तोडेका छन । जे माग लिएर उनी अनशन बसेका थिए ती कुनै पनि माग पूरा नभएको भन्दै अनशन बसिरहेका केसीले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता गगन थापाले अनशन तोड्न आग्रह गरेको २४ घण्टा पनि नबित्दै अनशन तोडेका हुन ।

बिहीबार कांग्रेस सभापति देउवाले गगन थापालाइ साक्षी राखेर केसीलाइ अनशन तोड्न आग्रह गरेका थिए । नेपाली कांगेस र नेपालमा अराजकता चाहने समूहको माग बोकेर अनशन बसेका केसी जोसँग निहुँ खोजेर बसेका थिए त्यसले वास्तै नगरेपछि कांग्रेससभातिको आग्रहमा अनशन त्याग्न राजी भएका हुन ।

उनले अनशनलाइ स्थगित भनेपनि उनको अनशनको करिब अन्त्य भएको अनुमान गरिएको छ । त्रिवि शिक्षण अस्पतालकै चिकित्सकहरूले उनलाइ राजनीति गर्ने भए अस्पताल छाड्न चेतावनी दिएपछि निरीह बनेका थिए ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार १९:१५