११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

डा गोविन्द केसीज्यू तपाईँ त ६७ दिन अनशन बसेपनि मर्नुहुन्न, गरिबको उपचार प्रभावित नगर्नुस्


१७ माघ, काठमाडौँ । धेरै चिकित्सकले त्रिवि शिक्षण अस्पतालमा अनशन सिरहेका डा गोविन्द केसीकोत्र साथ छाडेका छन । केसीको अनशन राजनीतिक रूपमा डुङ्डुङी गन्हाउन थालेपछि उनलाइ विगतमा साथ दिँदै आएका चिकित्सकले साथ छाडेका हुन । त्रिवि शिक्षण अस्पतालकै एक चिकित्सक डा प्रेम ज्ञवालीले केसीलार्इ अनशनस्थल परिवर्तन गर्न गम्भीर आग्रह गरेका छन । गरिब नेपाली जनताले उपचार लिने त्रिवि शिक्षण अस्पतालमा काम गर्ने वातावरण दिन भन्दै उनले केसीका नाममा सामाजिक सञ्जालमा यस्तो विनम्र अनुरोध गरेका छन ।

उनको आग्रह यस्तो रहेको छ ।

कृपया साकाहारी सिकारी नबनिदिनुस्।

डा। गोबिन्द के। सी। दाई अभिवादन।
अब त अति नै भयो दाई कुनै बिरामीलाई बोलायर जुस पिलाई दिन भन्नुस र यो अनावस्यक तिगड्म छोड्नुस। तपाईलाई त गाह्रो भयो भयो तर त्यस भन्दा धेरै सास्ती त बिरामीहरुलाई भई राखेको छ। त्रि। बि। शिक्षण अस्पताल त दिनहुं(दिन धरासायी नै हुंदै गई राखेको छ। तपाईका पहिला २ वटा अन्सनहरु त राम्रै जस्तो लागेर मैले पनि सहानुभुती जनायकै थिएं, तपाईको स्याहार सुसारमा जुटेकै थिएं। तर त्यसपछिका अनसनहरुमा जसरी राजनैतिक गन्ध आऊन थाल्यो मैले बल्ल बुझ्न थाले र म तपाई भन्दा टाढै बस्न रुचाए।

तपाईलाई राम्ररी थाहा छ २६ दिन अनसन बस्नुस, ५६ दिन बस्नुस या ६७ दिन नै किन नबस्नुस तपाईलाई केही हुदैन। देशका बिशिष्ट चिकित्सकहरुको निगरानीमा हुनु हुन्छ केही चिन्ता मान्नु पर्दैन दाई। आफ्नै अस्पतालका सहकर्मीको उपचारका लागी कसैले पनि कुनै कसर राख्ने छैन। तपाईका शुरु शुरुका आन्दोलनमा तपाईलाई बोकेर हिड्ने ब्यक्तिहरु मध्य कति जना बांकी छनरु उनीहरुले कुन कुन ठाउको कस्तो कस्तो पोस्ट लियर गई सके तपाईलाई थाहै छ। कृपया साकाहारी सिकारी नबनिदिनुस्।

तपाईकै अनसनका कारण डा। भगवान कोईरालालाई राजिनामा दिन बाध्य पार्नु भयो। गांऊ कन्दराबाट उपचार लिन त्रि। वि। शिक्षण अस्पतालमा आयका बिरामीलाई हडताल गराएर अन्यत्रै जान बाध्य तुल्याउनु भयो। अझै कति गर्ने अबरु अस्पतालको बारेमा तपाईले एउटा पनि प्रश्न उठाउनु हुदैन। बिध्यार्थी भर्नाको बेलामा प्रश्न पत्रहरु लिक भयो तर तपाईले केही बोल्नु भएन, अस्पतालको कार्यकारी निर्देशक छान्ने बेलामा आफ्नै हठ लियर हिड्नु भयो अन्य प्राध्यापकहरुको सल्लाह त तपाईको लागी फगत भनाई मात्रै भए। कहिले डिन बनाउन एकजना लाई बोकेर हिड्नु हुन्छ, कहिले निर्देशक बनाउन आर्को लाई बोकेर हिड्नु हुन्छ। तर अस्पताललाई कसरी सफा बनाउन सकिन्छ, अस्पतालमा आउने बिरामीलाई कसरी उच्च स्तरिय सेवा छिटो दिन सकिन्छ, कसरी बिरामीहरुलाई छिटो अपरेशन गर्न सकिने बाताबरण बनाउन सकिन्छ, कसरी नयां प्रविधी भित्र्याउन सकिन्छ कहिल्यै सोच्नु भएन।

मुड चल्यो अनसन बसिदिनु हुन्छ त्यो पनि फेरी टिचिङ अस्पतालमै। किनभने तपाईलाई थाहा छ जति दिन अनसन बसेपनि यहांका चिकित्सकले अरुलाई जस्तै तपाईलाई पनि तलमाथी हुन दिदैनन् भन्ने। म तपाईको भाईको नाताले पनि आग्रह गर्न चाहान्छु। कृपया हाम्रो अस्पताललाई काम गर्न दिनुस, कुना(कन्दरा बाट दुख–सुख गरी उपचार लिन आएका बिरामीहरुलाई सम्झिदिनुस्। अनसन नै बस्न छ भने अन्यत्रै गयर बसिदिनुस र यो अस्पताललाई बलिको बोको नबनाई दिनुस।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार १७:४१