१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेविसंघका पूर्व नेता डा गोविन्द केसीको माग पूरा गर्न कांग्रेसका सबै भ्रातृ संस्थाको माग


१६ माघ, काटमाडाैँ । नेपाली कांग्रेस निकटका विभिन्न पेशागत सङ्घले अनशनरत् नेविसंघका पूर्व नेता प्रा डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनले उठान गरेका माग सम्बोधन गर्न सरकारसित आग्रह गरेका छन् । पेशागत सङ्घका तर्फबाट प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले बुधबार एक विज्ञप्ति प्रकाशित गरी सो आग्रह गरेका हुन ।

यसरी माग गर्ने पेशागत सङ्घमा नेपाल डेमोक्रेटिक प्राध्यापक सङ्घ, नेपाल प्रेस युनियन, सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर नेपाल, नेपाल शिक्षक सङ्घ, नेपाल स्वास्थ्यकर्मी एशोसिएशन , डेमोक्रेटिक लयर्स एसोसिएसन पेशागत महासङ्घ, नेपाल सांस्कृतिक सङ्घ, त्रिविवि प्राध्यापक सङ्घलगायत रहेका छन् ।

यसैबीच  पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अनशनरत् प्रा डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनले उठान गरेका माग सम्बोधन गर्न सरकारसित आग्रह गरेकी छिन । त्यस्तै अर्का पूर्वप्रन्या कल्याण श्रेष्ठले पनि मङ्गलवार डा केसीलाई भेट गरेका थिए ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार २३:०५