१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

ग्लोबल आइएमई बैंकको “प्रोफेशनल लोन” सुविधा


१४ माघ, काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पेशागत ब्यक्ति तथा कर्मचारीहरुलाई लक्षित गरी “ग्लोबल आइएमई प्रोफेशनल कर्र्जा” सञ्चालनमा ल्याएको छ । विभिन्न पेशामा संम्बद्ध व्यक्तिहरु जस्तै डाक्टर, इन्जिनियर, सि.ए. लगायत अन्य कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई लक्षित गरि बैंकले सञ्चालनमा ल्याएको “प्रोफेशनल लोन” अन्र्तगत सेवाग्राहीले बिना धितो रु १५ लाख सम्म ऋण प्राप्त गर्न सक्नेछन् ।

सुलभ व्याजरमा उपलब्ध गराईने यस्तो कर्जाबाट विभिन्न पेशामा र व्यवसायमा आवद्ध व्यक्तिहरुलाई सहज तरिकाले बैंकिङ्ग ऋणको पहुँच पुग्ने विश्वास बैंकले लिएको छ । सरल मासिक किस्ताबन्दीमा ५ वर्षसम्मको लागि प्रदान गरिने “प्रोफेशनल लोन” सुविधाले आफ्नो पेशा व्यवसायको साथसाथमा अन्य कुनै क्षेत्रमा लगानी गर्न चाहने कर्मचारी वर्गलाई सघाउ पुर्याउने छ । “प्रोफेशनल लोन” सुविधा नेपाल भरी फैलिएर रहेका ग्लोबल आइएमई बैंक लि.का शाखा कार्यालयहरु मार्फत उपलब्ध हुनेछ ।

ग्लोबल आइएमई बैंक लि.ले ग्राहक वर्गको हितलाई मध्यनजर गर्दै बिभिन्न समयमा यस्ता नयाँ नयाँ सेवाहरु संचालन गरिरहेको छ । बैंकले कृषिमा आधुनिकिकरणको लागि कृषि कर्जा देखि साना तथा मझौला व्यवसायीलाई लक्षित गरि साना तथा मझौला व्यवसायी कर्जा, विद्यार्थीहरुको उज्जवल भविष्यको लागि एजुकेशनल लोन, होम लोन लगायतका कर्जा सुविधा प्रदान गर्दै आएको ।

साथै उच्चतम व्याजदरको साथमा बिमा सुविधा सहितको नवरत्न बचत खाता लगायत अन्य बचत खाताहरु मार्फत पनि विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्पmत आफ्ना ९ लाख ५० हजार भन्दा बढि आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलवार ००:३६