६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

भ्रष्टाचारको सूचना चुहाएको पुष्टिपछि उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष प्रधानले दिए राजिनामा


१३ माघ, काठमाडाैँ ।  नेपालमा भ्रष्टाचारका अनेक खालका नाटकीय घटनाक्रम भैरहेको छ । जसमा सरकार र अख्तियार दुरूपयोग अनुसन्धान अायोगको त्यति ध्यान गएको देखिदैन । अखिल नेपाल फुटबल संघको निर्वाचनमा भ्रष्टाचार भएको सूचना चुहाएको केही दिनमै मानार्थ अध्यक्ष टासी घले बर्खास्त भएको घटना सेलाउन नापउँदै आइतबार अर्को अचम्मको घटना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघभित्र भ्रष्टाचार भैरहेको सूचना चुहाएको पुष्टि भएपछि कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान पदबाट राजिनामा दिन बाध्य भएका छन ।

महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रमा अनियमितता भएको विषय प्रधानले पत्रकारलाइ दिएको भन्दै अध्यक्ष भवानी राणाले अडियो टेप नै सुनाइदिएपछि प्रधानले दबाबमा परेर कोषाध्यक्ष पदबाट राजिनामा दिएका हुन । उनले पत्रकारको बेइमानीका कारण आफूले पदबाट राजिनामा दिनुपरेको प्रतिक्रिया दिएका छन । आइतबार साँझ बसेको महासंघको कार्यकारीणी बैठकमा कोषाध्यक्ष प्रधानले राजिनामा दिएको बताएका छन ।

प्रधानले विगतदेखि नै कृषि उद्यम केन्द्रलाई भ्रष्टाचार शून्य बनाउनुपर्ने बताउँदै अाएका थिए । प्रधानले अमेरिकन संस्थाले दिएको पैसा बिल बनाएर कर्मचारीले भ्रष्टाचार गरेको तथा केन्द्रको पैसामा पदाधिकारीहरु हेलिकप्टर चढेर घुमेको विषयको बिरोध गरेका थिए तर  त्यही विषयलाइ लिएर प्रधानलाइ राजिनामा दिन बाध्य परिएको छ ।

यो पनि पढ्नुहोस्

–भ्रष्टाचार छताछुल्ल पारिदिएको भन्दै एन्फाले खोस्यो टासीको मानार्थ अध्यक्ष पद

प्रकाशित मिति : १३ माघ २०७५, आईतवार २०:३९