१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कामै नगरी तलब खाने केसीले राजिनामा दिने कि समृद्धिका लागि काम गरिरहेका प्रधानमन्त्रीले ?


–पवित्रा मुडभरी 

११ माघ, काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ प्रतिनिधिसभाको बैठकबाट पारित भएपछि स्वास्थ्य शिक्षाका नाममा अनेक धन्दा चलाइरहेकाहरू आत्तिएका छन । शुक्रबार विधेयक पारित भएसँगै यसका नाममा लुट्ने र ठग्नेहरूको वर्षौदेखिको धन्दा समाप्त भएको छ । त्यस्तै धन्दा सञ्चालन गर्नेहरूले दुरूपयोग गरिरहेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्चका डा गोविन्द केसीले शुक्रबार विधेयक पारित भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताए ।

१६ दिनदेखि अनशन बसिरहेका केसीले शुक्रबार विधेयक पारित भएसँगै आफ्नो पक्षमा समाचार लेख्ने सञ्चार माध्यमका प्रतिनिधिहरूलाइ बोलाएर प्रधानमन्त्रीको राजिनामा मागे । केसीले ओलीको राजिनामा मागेसँगै अर्को एउटा प्रश्न जन्मिएको छ के ओलीको राजिनामा माग्ने गोविन्द केसीको नैतिकता र इमान्दारित चाहिँ बाँकी छ त ? त्रिवि शिक्षण अस्पतालमा जागिर गर्ने उनी आफ्नो काम छाडेर अनशन बस्छन र राज्यकोषबाट तलब खान्छन ।

काम भन्दा बढी हल्ला गर्ने केसीले आजका दिनसम्म चिकित्सक भएर गर्नुपर्ने काम गरिरहेका छन ? के उनले यो प्रश्नको जवाफ खोज्नु पर्दैन । उनले राज्यको नीति नियम र कानुनको पालना गर्नुपर्ने हो कि विभिन्न स्वार्थ समूहको व्याकिङमा केसीले व्यक्त गर्ने कुण्ठाहरू राज्यले मान्नु पर्ने हो ?

तीन वटा जन्ममिति भेटिनु चाहिँ कुन नैतिकता ?

पटक पटक अनशन गरेर अस्पताललाई आन्दोलनको भूमि बनाउने केसीको आफ्नै तीन वटा जन्ममिति भएको यसअघप नै खुलासा भएको थियो । डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयमा पेस गरेको दस्तावेजहरूमा भिन्न–भिन्न जन्ममिति भएको तथ्य खुलासा भएको हाे ।

हाल केसीको अनसनस्थलका रूपमा समेत चिनिएको त्रिवि शिक्षण अस्पतालमा प्राध्यापक रहेका केसीको एसएलसीको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०१३ माघ २४ गते उल्लेख गरिएको छ । तर, उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फाराममा जन्ममिति २०१३ मंसिर २७ गते उल्लेख गरिएको छ ।

त्यस्तै, मिति २०६५ साउन २९ गते प्राध्यापक बढुवाका लागि उनले विश्वविद्यालयमा पेस गरेको आवेदन फारममा भने असोज २७ गते २०१३ भनी केसीले आफ्नो जन्ममिति उल्लेख गरेका छन् । केसीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो नागरिकताको प्रमाणपत्र समेत पेस नगरेको बुझिएको छ । उनले अनिवार्य रूपमा भर्नुपर्ने सिटरोल नभरेको र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत पेस नगरेकोले थप आशङ्का जन्माएको छ ।

अब विद्धान पाठक अाफैले भन्नुस नेविसंघका पूर्व नेता डा गोविन्द केसीले राजिनामा दिनुपर्छ कि प्रधानमन्त्रीले ?

यो पनि पढ्नुहोस्

–डा गोविन्द केसीका कर्तुत सार्वजनिक, तीनवटा जन्ममिति भेटियो (प्रमाणसहित)

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार १९:०८