१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपाललाई तेस्रो सफलता, युएईले तेस्रो विकेट गुमायाे


११, माघ, काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपालले दिएको ११४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको युएईले तेस्रो विकेट गुमाएको छ । युएईले तेस्रो विकेटको रुपमा सैमन अन्वारलाई ११ रनमा गुमाएको हो । करणले उनलाई ८.३ ओभरमा आउट गराए । योसँगै युएईको ९ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा ३५ रन बनाएको छ ।

यसअघि युएईले दोस्रो विकेटको रुपमा चिराग सुरीलाई चार रनमा गुमाएको थियो । सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाए थिए ।यसअघि युएईका ओपनर अष्फाक अहमद पाँच रनमा आउट भएका थिए । नेपालका लागि करण केसीले १.५ ओभरमा विकेट लिन सफल भएका थिए । यसअघि नेपालले ३३.५ ओभरसमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार १५:५१