१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

बुद्ध एयरको सेवामा चरम लापरवाही, यात्रुको पीडा यसरी पोखियो सामाजिक सञ्जालमा


११ माघ, काठमाडौँ ।  निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले यात्रुले पाउने सेवामा चरम लापरवाही गरेको छ । दैनिक सयौँ यात्रु बुद्ध एयरका कारण पीडामा परेका छन । छिटो जानका लागि एयरलाइन्सको टिकट लिनेहरू विचल्लीमा पर्ने गरेका छन ।

समयमै सही सूचना नदिनेदेखि बोर्डिङ पास दिएर फ्लाइट क्यान्सल भयो भनेर पाँच घण्टा विमानस्थलमा कुरेका यात्रुलाइ घर फर्काउने काम सेमत बुद्धले गर्दै आएको छ । बुद्धको काम पछिल्लो दिनमा अझै बढ्दै गएको छ । बुद्ध एयरको हेलचक्राइँबाट आजित भएपछि शुक्रबार नेकपाका नेता सूर्य थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत नै बुद्ध एयरको नाममा सार्वजनिक अनुरोध गरेका छन ।

यस्तो छ थापाको अनुरोध

बुद्ध एयरका नाममा सार्वजनिक अनुरोध

मान्यवर वीरेन्द्रवहादुर बस्नेतजी
नमस्कार ।

तपाईंको नेतृत्वमा निजी क्षेत्रको हवाई सेवा कम्पनी ( बुद्ध एयरले गरेको प्रगतिप्रति बधाई र अझ उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु । तर पछिल्लो समय यसले यात्रुहरूको सेवा र सुविधाविपरित गरिरहेका केही क्रियाकलापप्रति व्यापक गुनासो र रोषको अवस्था बढिरहेकाले यो खुलापत्र लेखिरहेको छु । यसलाई विरोध, भण्डाफोर र भ्रत्सर्ना नभएर सुधारको याचना मात्र हो भनेर बुझिदिनुहोला ।

१. उडान ढिलो हुनुमा आकस्मिक र हेलचक्राई दुई अलगअलग करण हुनसक्छन्। काउन्टरमा आएर बोर्डिङ पास लिँदा उडान १ घण्टा ढिलो छ भन्नुभन्दा एसएमएसमार्फत पहिल्यै जानकारी गराउन सकिहालिन्छ । प्रविधिको यसहिसाबले सदुपयोग गरेर अविलम्ब सुधार थालनी गर्नुहोस ।

२. समय र उडानको ठेगान नभएको त नेपाल एयरलाइन्स नै छ, बुद्ध एयर वा अरूले किन प्रतिस्पर्धा गर्नुपर्यो ?

३. विरामी, अशक्त र समयको दबाबमा बुद्व एयरको उडान रोजेका व्यक्तिहरू ३ः०० बजे एयरपोर्ट आएर ६ः३० बजे मात्र उडान हुँदा करिब ४ घण्टा पर्खनुपर्ने बाध्यता कति पीडादायी र कष्टसाध्य यातनाजस्तो हुन्छ रु यात्रु भएर अनुभव गर्नुहोस ।

४. नेपाल र लुम्बिनी आउने पर्यटकहरूले यस्तो अवस्थामा कस्तो इम्प्रेसन लिएर फर्किरहेका छन् भनेर ख्याल गर्नुभएको छ रु त्यसको दीर्घकालीन प्रभाव कस्तो पर्ला रु कमसेकम ध्यान दिनुहोस ।

५. कामको हतारो र चटारोले हवाई उडान सेवा रोज्नेहरू ४र४ घण्टा एयरपोर्टमा पट्यारलाग्दो कुराइमा बस्न बाध्य हुँदा तावाबाट उम्केको माछो भुङ्ग्रोमा परेजस्तो भएको छ । यो स्थिति नियमितजस्तै हुनु अझ उदेकलाग्दो कुरा हैन र ?

६. विदेशमा जस्तै यसरी फजुल खेर फालिएको अमूल्य समयको क्षतिपूर्ति दिने व्यवस्था गरेर आफूलाई यात्रु उत्तरदायी बनाउदा कसो होला रु अनि एयरपोर्टमा कार्यरत कर्मचारी महानुभानुभावहरूलाई झर्केर र कर्केर प्रस्तुत नभई शिष्ट र विनम्र बनाउन सके कस्तो होला ?

७. काठमाडौ–भैरहवा उडानबाट गौतम बुद्ध विमानस्थलमा अवतरण गरेर दाङ, प्यूठान, रोल्पा वा गुल्मी पुगी कार्यक्रम वा भेटघाट भ्याउन यहाँको उडानसेवा रोजेका यात्रुजन घर न घाटको हुँदा, अझ भैरहवा र बुटवलमा अकारण होटलमा बस्नु पर्ने बाध्यता सिर्जना हुँदा र एयरपोर्टमा लिन वा छोड्न आउने आफन्तर शुभेच्छुकहरू लामो पर्खाइमा रहनुपर्दा वा यात्रु स्वयम् अलपत्र पर्नुपर्दा कति असजिलो भएको छ रु समयमै ख्याल गर्नुहोस ।

यो पनि पढ्नुहोस्

–बुद्ध एयरले धाेका दियाे, यात्रुकाे विचल्ली

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार ०८:००