१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दिलमा पस्न आजकल भन्सार तिर्नुपर्छ (गजल)


–अर्जुनकुमार सत्याल

जन्मेपछी धर्तिको भु भार तिर्नुपर्छ
कसैको खाएको त्यो उधार तिर्नुपर्छ

अरे महङ्मीको के कुरा गर्नु छ र यार
चियापान मात्र को नि हजार तिर्नुपर्छ

अझै बाँकी छ तिर्न कर्जा हजुरबुबाको
छोरा नाति सम्म नि लगातार तिर्नुपर्छ

उसले ठूलो गुण लगायो खाडी पठाएर
थाहा छ मलाई त्यो उपकार तिर्नुपर्छ

माया गर्दै नगर्नुहोस्,यदि पैसा छैनभने
दिलमा पस्न आजकल,भन्सार तिर्नुपर्छ

झापा

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार १७:२८