८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मध्यरातमा पत्रकारलाई घरमा गएर कुटपिट गर्ने उर्लाबारी ९ का अध्यक्षका छोरा कमल पक्राउ


५ माघ, मोरङ । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ९ का अध्यक्षका छोरा पत्रकारलाई कुटपिट गर्दागर्दै पक्राउ परेका छन । उर्लाबारी ९ का अध्यक्ष बमबहादुर फ्याकका छोरा कमल फ्याक पत्रकार तेजन खड्कालाई कुटपिट गर्दागर्दै पक्राउ परेका हुन । उर्वाबारी प्रहरीले फ्याकलाइ नियन्त्रणमा लिएको र सोमबार बिहान ८ बजे छलफलका लागि बोलाएको तेजनले बताएका छन ।

छेक्न खोज्दा फ्याकले खड्काकी अामलाइ समेत कुटपिट गरेका छन । उनी तेजनलाई कुटपिट गर्न कमल मदिराको नशामा उनको घरमा पुगेको बताएका छन । कुटपिटबाट पत्रकार खड्काको टाउकोमा चोट लागेको छ ।

अनुदानको मकैको बिउ पैसा लिएर ब्रकी गरेको भन्ने समाचारको विषयलाई  लिएर अाक्रोशित भएको फ्याक परिवार कुटपिटमै उत्रिएको हो। कमलले अाजैमात्र समाचारको विषयलाई लिएर अाफ्नो फेसबकुमा ताथानाम लेखेका छन । कमलका बुबा बमबहादुर गत स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट विजयी भएका थिए ।

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार २३:२१