१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मुअब्जा माग्दै भोलि नुवाकोट बन्द, सडक किनारका जनतालाई सुकुम्बासी नबनाउन आग्रह


५ माघ, काठमाडाैँ । नुवाकोटका जनताले मुअब्जा माग्दै भोलि नुवाकोट बन्द गर्ने घोषणा गरेका छन । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजना अन्तर्गत पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावितहरुको समुह सडक प्रभावित सरोकार समितिले आफुहरुलाई आयोजनाले मुअब्जा नदिएको भन्दै आइतबार नुवाकोट बन्दको घोषणा गरेका हुन ।

आइतबार विहान ६ बजेदेखि साँझ ४ बजेसम्म नुवाकोट बन्द गर्न लागेको संघर्ष समितिले बताएको छ । समितिका सदस्यले जनताहरु सुकुमबासी बन्न लागेकोले सरकार र सडक आयोजनालाई घचघचाउन जिल्ला बन्द गर्न लागको बताइन । बन्दको समयमा विरामी, प्रेस र अत्याआवश्यक सवारीसाधन भने चल्न दिइने बताइएको छ ।

स्थानीयको मागमा सबै राजनीतिक दलले समर्थन जनाएका छन ।

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार १९:२१