१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

थाइल्याण्ड वुमन्स टि–२० स्म्याशमा नेपाल उपविजेतामा सीमित, फाइनलमा ७० रनले पराजित


५ माघ, काठमाडाैँ । थाइल्याण्डमा जारी थाइल्याण्ड वुमन्स टि–२० स्म्याशमा नेपाल उपविजेतामा सीमित भएको छ । फाइनलमा थाइल्याण्डसँग ७० रनले पराजित भएपछि सिनियर महिला क्रिकेटको पहिलो उपाधि जित्ने नेपालको लक्ष्य अधुरै बन्यो । १२२ रनको लक्ष्य लिएर दोस्रो इनिङ शुरु गरेको नेपालका कुनै पनि ब्याट्सवुमन क्रिजमा जम्न सकेनन् ।

पहिलो ओभरमा नै ओपनर काजल श्रेष्ठलाई गुमाएको नेपालले दोस्रो ओभरमा इन्दु वर्मालाई गुमाउन पुग्यो । लगातार विकेट पतनको शिकार बनेको नेपालका लागि नेरी थापा र सिता रानामगरले मात्र दोहोरो अंकको रन जोड्न सके । नेरीले १७ रन बनाएकी थिइन् भने सिताले १३ रन जोडिन् ।

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार १६:३४