१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अनसनरत विजय थापाको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा प्रदर्शन (फोटोफिचर)


५ माघ, काठमाडौँ । चिकित्सा शिक्षा विधेयकवि तत्काल पारित गर्न माग गर्दै अनसन बसिरहेका विद्यार्थी विजय थापाको जीवन रक्षाको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन । शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा सयाैँ विद्यार्थीहरूले अाइएमवीथ विजय थापा लेखेको प्लेकार्ड सहित जीवन रक्षाको माग गरे । उनीहरूले संसदीय सर्वोच्चताको ख्याल राख्न सरकारको ध्यानाकर्षण समेत गराएका छन ।

इलामबाट अनसन सुरू गरेका थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शुक्रबार काठमाडाैँ ल्याएको थियो । त्रिवि शिक्षण अस्पतालका चिकित्सकले थापाको उपचार गर्न नमानेपछि उनलाइ माइतीघर लगिएकामा पछि सरकारको अादेशपछि चिकित्सकहरूले अस्पतालमा लगेर उपचार गरिरहेका छन ।

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार १५:११