८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

धादिङको खाल्डेमा जिल्लास्तरीय छात्रा भलिबल सुरू, प्रतियोगितामा १२ टिमको सहभागिता


५ माघ, धादिङ । प्रदेश नम्बर ३ को धादिङमा जिल्ला स्तरीय छात्रा भलिबल प्रतियोगिता सुरू भएको छ । धादिङको निलकण्ठ नगरपालिकाको वडा नम्बर ५ खाल्डेमा रहेको कालिका आधारभूत विद्यालयको ५८ औँ जन्मजयतीको अवसरमा आयोजित जिल्लास्तरीय भलिबल प्रतियोगिताको नेपाल कम्युनिष्ट पार्टीका नेता एवं वरिष्ठ पर्यटन व्यवसयी चन्द्र रिजालले उद्घाटन गरे ।

छात्रा भलिबलको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपाका नेता रिजालले आफूले अध्ययन समेत गरेको विद्यालयले जन्मजयन्तीको अवसरमा जिल्लास्तरीय खेलकुद प्रतियोगिता गर्दा खुशी लागेको बताए । उनले विद्यालयको प्रगतिका लागि आफू सधैँ साथमा रहने भन्दै विद्यार्थीका लागि खेलकुद महत्वपूर्ण हुने बताए । विद्यालयदेखि नै बालबालिकालाइ कुन बाटोमा जाने भन्ने दिशा निर्देशका लागि खेलकुद लगायतका अतिरिक्त क्रियाकलाप आवश्यक हुने भन्दै प्रमुख अतिथि रिजालले विद्यालयले रचनात्मक क्रियाकलाप जारी राख्नुपर्ने बताए ।

प्रतियोगिताको उद्घाटनपछि मन्तव्य राख्दै प्रमुख अतिथि रिजाल ।

आइतबारसम्म चल्ने भलिबल प्रतियोताको समापान सोही क्षेत्रका सांसद खेल लोहनीले गर्नेछन । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समूहले नगद पुरस्कार, शिल्ड र प्रमाणपत्र पाउने छन । प्रथम हुनेलाइ नगद १५ हजार, द्धितिय हुनेलाइ नगद १० हजार र तृतिय हुनेलाइ नगद ७ हजार तथा  शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार ११:२३