१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

नक्कली स्मार्ट लाइसेन्सको मूल्य सात हजार, मकवानपुरका सरोज घिसिङ पक्राउ


५ माघ, काठमाडाैँ ।  सात हजार रूपैयाँमा नक्कली स्मार्ट लाइसेन्स बन्ने गरेको खुलासा भएको छ । प्रहरीले एक जना नक्कली स्मार्ट लाइसेन्सवाललाइ पक्राउ गरेपछि यो विषय सार्वजनिक भएको हो । नक्कली स्मार्ट लाइसेन्स बोकेर ट्रक चलाउने सोरजकुमार घिसङ पक्राउपछि यो विषय सार्वजनिक भएको हो ।

सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले बाराको सिमराबाट ना ५ ख ९७६४ नम्बरको ट्रकका चालक हेटाैँडा मकवानपुरका सरोजकुमार घिसिङलाई पक्राउ गरेको छ । घिसिङले ०२०५००००६३७८ नम्बरको नक्कली स्मार्ट लाइसेन्स बोकेको प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिएका छन ।

नक्कली स्मार्ट लाइसेन्स लिएर सवारी चलाउने ट्रकका एक चालकलाई सिमरास्थित इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। हमालका अनुसार घिसिङले प्रहरीलाइ अाफूले सात हजारमा नक्कली लाइसेन्स बनाएको बताएका छन । पक्राउ परेका घिसिङलाई सरकारी दस्तखत छाप किर्ते अन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार १०:२८