७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

भिएलएनका राम श्रेष्ठसँग घुस खाएको आरोप लागेका न्यायाधीश विष्णु मंगल आत्रेय कारबाहीमा


५ माघ, काठमाडाैँ । मलेसिया प्ररणमा भिएलएनका राम श्रेष्ठसँग घुस खाएको आरोप लागेका न्यायाधीश पनि कारबाहीमा  परेका छन । न्यायालय सुधार्ने प्रतिवद्धासहित काम सुरू गरेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले राम श्रेष्ठसँग घुस खाएर न्याया सम्पादन गरेको अारोप लागेका ललितपुर जिल्ला अदालतका न्यायाधीश विष्णु मंगल आत्रेयलाई न्याय परिषदमा तान्ने निर्णय गरेका हुन । मलेसियाको भिसा संकलनको जिम्मा पाएको कम्पनी भीएलएनका संचालक राम श्रेष्ठलाई बदनियतपुर्वक तरिकारले छोडेको भन्दै उनलाई फिर्ता बोलाइएको हो ।

परिषद्का सचिव नृपध्वज निरौलाको नेतृत्वमा गठित सूक्ष्म निगरानी एवम् अनुगमन संयन्त्रले आत्रेयको संलग्नताबारे अनुसन्धान गरेको थियो । संयन्त्रले आत्रेयले कुनै पनि प्रक्रिया नअपनाई श्रेष्ठलाई सफाई दिने नियतका साथ काम गरेको भन्दै उनलाई न्यायपरिषद तानिएको हो ।

संयन्त्रले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा जिल्ला न्यायाधीश आत्रेयले कुनै पनि प्रक्रिया नपनाई हतार हतारमा जसरी पनि सफाई दिने नियत राखेको उल्लेख छ । प्रतिवेदनमा उक्त प्रकरणमा तत्कालिन नेतृत्वको संगलग्नता छ कि छैन् भनेर समेत हेरिनुपर्ने सुझाव दिइएको छ ।वैदेशिक रोजगारीका नाममा अवैध रकम उठाएको भन्दै सरकारले श्रेष्ठमाथि मुद्दा चलाएको थियो ।

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार ०८:५८