१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

दाउरामा घुस खाने कैलालीका वनपाले हरिशचन्द्र कुमार रंगेहात पक्राउ


४ माघ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब डिभिजन कार्यालय भजनी कैलालीमा कार्यरत फरेष्टर (वनपाले) हरिशचन्द्र कुमारलाई घुस लिएको अभियोगमा शुक्रबार पक्राउ गरेको छ ।

सामुदायिक वनबाट उपभोक्तासँग दाउरा उपलब्ध गराउन सहज वातावरण बनाइदिने भन्दै सेवाग्राहीसँग रु दश हजार घुस माग्दै गरेको अवस्थामा आयोगको टोलीले आज कार्यालय नजीकैबाट पक्राउ गरेको हो । आरोपी कुमारको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

यस्तै आयोगले आजै इलाका प्रशासन कार्यालय सिमरामा कार्यरत सहायक कम्प्युटर अपरेटर राज्यनारायण साह विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नागरिकताको प्रमाणपत्र बनाउन पुगेका एक सेवाग्राहीसँग साहले घुस मागेको अभियोग लागेको छ ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार १८:३४